१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारमा आज संसदीय निर्वाचन

तस्बिर : एजेन्सी

याङ्गुन - बहुदलीय व्यवस्था रहेको म्यानमारको संसद्का लागि शनिबार निर्वाचन सुरु भएको छ। स्थानीय समय अनुसार शनिबार बिहान सुरु भएको निर्वाचनका लागि झण्डै नौ लाख मतदाता रहेको जनाइएको छ।

निर्वाचनमा विभिन्न २४ पार्टीका ६२ जनासहित कुल ६९ जना उम्मेदवार रहेको अधिकारीले जनाएका छन्। तीनीहरुमध्ये सात जना स्वतन्त्र उम्मेदवार हुन्। देशका नौ क्षेत्र तथा प्रदेशबाट निर्वाचित हुने १३ संसदीय सिटका लागि सांसद छनौट गर्न एक हजार ३८३ ठाउँमा मतदान केन्द्र तोकिएको छ।

कुल १३ मध्ये चार जना तल्लो सदनका लागि, एक जना माथिल्लो सदनका लागि र अरु आठ जना प्रान्तीय सदनका लागि चयन हुने समाचारमा जनाइएको छ। निर्वाचनका लागि सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले सबै अर्थात् १३ सिटका लागि उम्मेदवार उठाएको छ भने पुर्वसत्तारुढ दल युनियन सोलिडारीटी एण्ड डेभलभमेन्ट पार्टी (युएसडीपी) ले दश सिटमा उम्मेदवार बनाएको छ। अन्य बाँकी सिटमा भने अन्य पार्टीका उम्मेदवार रहेका छन्। 

प्रकाशित: १७ कार्तिक २०७५ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App