काठमाडाैं - इङ्लिश क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर दुर्घटनामा परेको छ। शनिबार लेस्टर सिटीको घरेलु मैदान किङ्ग पावर स्टेडिएममा वेष्ट ह्याम युनाइटेडसँग भएको खेलपछि मैदान छाड्ने क्रममा हेलिकप्टर मैदान नजिकै रहेको कार पार्किङमा दुर्घटनाग्रस्त भएको थियो।
क्लबका मालिक भिचाइ श्रिवधनाप्रभाको हेलिकप्टर दुर्घटनामा परेको हो। भिचाइ हेलिकप्टरमा सवार थिए वा थिएनन् त्यो भने हालसम्म खुलाइएको छैन। बीबीसीलाई स्रोतले जानकारी गराए अनुसार भिचाइ उक्त हेलिकप्टरमा सवार रहेका थिए। हेलिकप्टरमा सवार कोहि पनी जिवित नरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् तर उनीहरुले सिटीका मालिक भिचाइका बारेमा भने केहि कुरा खुलाएका छैनन्। भिचाइ थाइल्याण्डका हुन्। उनले सन् २०१० मा क्लब आफ्नो स्वामित्वमा लिएका थिए। उनको स्वामित्वमा आएपछि क्लबले सन् २०१६ मा प्रिमियर लिगको उपाधी उचालेको थियो भने त्यसको एक वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल सम्मकाे यात्रा तय गरेकाे थियो।
प्रकाशित: ११ कार्तिक २०७५ ०८:५६ आइतबार