६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको मुद्दा दायर

भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ। उनीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको हो। न्यूयोर्कको संघीय अदालतले अडानीसहित ७ जनाविरुद्ध ठगी र घुसखोरीको आरोप लगाएको छ।  

संयुक्त राज्यका वकिलको कार्यालयका अनुसार अडानीले भारतमा सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न भारतीय अधिकारीहरूलाई २५ करोड डलर घुस दिने वाचा गरेका थिए। यो रकम जुटाउन अमेरिकालगायत अन्य देशका लगानीकर्ता र बैंकसँग झुट बोलेको आरोप छ। आरोप लागेकाहरूमा अडानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र अडानीसँग नजिक रहेका सागर र विनीत जैन पनि समावेश छन्।  

गौतम अडानी र सागर अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको दाबी गरिएको छ। न्यूयोर्कमा दायर गरिएको आपराधिक मुद्दाले अडानीका लागि ठूलो झटका दिएको छ, किनकि उनका व्यापारिक साम्राज्य बन्दरगाह र विमानस्थलदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको छ। 

अडानी र उनका कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूले नवीकरणीय ऊर्जा कम्पनीको लागि ठेक्का लिन भारतीय अधिकारीहरूलाई घुस दिने सहमति गरेको आरोप लगाएका छन्। यस सम्झौताबाट कम्पनीले आगामी २० वर्षमा दुई अर्ब डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो।  

अडानी समूहले यस विषयमा टिप्पणीको लागि कुनै प्रतिक्रिया दिएको छैन। एजेन्सीको सहयोगमा

प्रकाशित: ६ मंसिर २०८१ ०८:०७ बिहीबार

#Gautam Adani #fraud and bribery