१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पृथ्वी नजिक आउँदैछ अर्को चन्द्रमा!

दुई महिनाका लागि पृथ्वी नजिक अर्को चन्द्रमा आउँदैछ। २०२४ पीटिएस नाम दिइएको उक्त चन्द्रमालाई मिनि मुन पनि भनिएको छ।

२९ सेप्टेम्बरदेखि यात्रा सुरु गरेको उक्त चन्द्रमाले नोभेम्बरसम्म अर्थात् झन्डै दुई महिना पृथ्वीको परिक्रमा गर्नेछ।

वैज्ञानिकहरूका अनुसार यो एक प्रकारको एस्टेरोयड हो। जुन अन्तरिक्षमा आफ्नो लामो यात्रामा छ। तर, पृथ्वीको गुरुत्वाकर्षण शक्तिको प्रभावका कारण उक्त मिनि मुनले पृथ्वीको परिक्रमा गर्ने भएको हो।

अर्जुन एस्टेरोयड नाम दिइएको उक्त मिनि मुन अहिले पृथ्वी र सूर्यको बीचमा रहेको छ। त्यहाँबाट निस्केपछि उक्त मिनि मुन आफ्नो घर जानेछ। अहिले यो मिनि मुन सूर्यभन्दा १५ करोड किलोमिटरको दुरीमा रहेको छ भने त्यति नै दुरीमा पृथ्वीबाट पनि रहेको छ।

म्याड्रिड विश्वविद्यलायका प्राध्यापक कार्लोस फ्यूएन्टेले अर्जुन एस्टेरोयड बेल्टको दिशा फरक रहेको बताए। यस बेल्टमा भएका ढुङ्गा सामान्यतया नीयर अर्थ अब्जेक्ट्स हो। त्यसमध्ये केही ढुङ्गा पृथ्वीको निकै नजिक आउने गर्छ। लगभग ४५ लाख किलोमिटरको दुरीसम्म। जसको गति ३ हजार ५ सय ४० प्रतिघन्टाको हुन सक्छ। जसलाई तपाईं नाङ्गो आँखाले हेर्न सक्नु हुन्न।

तर, सामान्य टेलिस्कोप वा दुरबिनको माध्यमबाट भने यसलाई हेर्न सकिन्छ। त्यसबाहेक उक्त मिनि मुनलाई हेर्नका लागि कम्तिमा ३० ईन्च डायमिटर भएको सीसीडी वा सीएमओएस डिटेक्टर टेलिस्कोपको माध्यमबाट मात्रै हेर्न सकिन्छ। यसको बारेमा द रिसर्च नोट्स अफ दी एएएस जर्नलमा पनि रिपोर्ट प्रकाशन गरिएको थियो।

यसरी मिनि मुनको घटना दुई प्रकारले हुने गर्छ। पहिलो कुनै वस्तु आएर पृथ्वीको गुरुत्वाकर्षणमा फस्ने र २ वर्षसम्म पनि निस्कन पाउँदैन र पृथ्वीको चारैतिर परिक्रमा गरिरहन्छ। अर्को कम समयका लागि कुनै ढुङ्गा कम समयका लागि पृथ्वी नजिक आओस र पृथ्वीको आधा वा पुरै परिक्रमा गरेर फर्कोस्।

हालसम्म दुईपटक लामो समयका लागि दुई वटा ढुङ्गा मिनि मुन बनेको थियो। पहिलो २००६ आरएच १२० र दोस्रो २०२० सीडी ३। त्यसबाहेक तीन वटा कम समयका लागि मिनि मुन बनेका थिए। १९९१ भीजी, २०२२ एनएक्स १ र यसवर्ष २०२४ पीटीएस।

विश्वका वैज्ञानिकहरूलाई यसवर्षको मिनि मुनको प्रतिक्षा रहेको छ। जसले गर्दा उनीहरू यसबारे अध्ययन गर्न सकुन्।

प्रकाशित: १५ आश्विन २०८१ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App