२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसपछि युक्रेन पुगे भारतीय प्रधानमन्त्री मोदी (तस्बिरहरू)

गत महिना रुसको औपचारिक भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किभ पुगेका छन्।  

पोल्यान्डको औपचारिक भ्रमणपछि ट्रेनबाट घण्टौ यात्रा गर्दै मोदी केहीसमय अघि किभ पुगेका हुन्।

किभमा प्रधानमन्त्री मोदीलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले स्वागत गरेका छन्। जेलेन्स्कीसँग अंकमाल गरेको तस्बिर मोदीले आफ्नो आधिकारिक एक्स (ट्विटर) एकाउन्टमा सेयर गरेका छन्।

रुस र युक्रेनबीच जारी युद्धमा भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमणलाई रुचीपूर्ण ढंगले हेरिएको छ। शीतयुद्धकालीन समयदेखि सोभियत संघको समीपमा देखिदै आएको भारत पछिल्ला वर्षहरूमा पनि रुसनिकट रहँदैआएको छ। रुसले युक्रेनमा सैन्य आक्रमण गर्दा भारतले चुपचाप रहेर रुसलाई सहयोग पुग्ने क्रियाकलाप देखाउँदैआएको छ।

अघिल्लो महिना जुलाईमा मस्को यात्रामा रहेका बेला मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई अंकमाल गरेको तस्बिर सार्वजनिक गर्दा पश्चिमा समुदायले चर्को आलोचना गरेको थियो। कतिपयले पश्चिमासँग सन्तुलन कायम राख्न मोदी अहिले किभको भ्रमणमा निस्किएको टिप्पणी गर्ने गरेका छन्। भारतीय संस्थापन पक्षले भने शान्ति कायम गर्ने प्रयासका रुपमा यो भ्रमणलाई प्रचार गर्ने कोशिस गरिरहेका छन्।

प्रकाशित: ७ भाद्र २०८१ १६:३६ शुक्रबार

#Narendra Modi