२ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सीमा क्षेत्रमा हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, पाँचको मृत्यु

गाजा सिटी – इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन्। 

सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

महिला तथा बालबालिकासमेतको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा दशौँ हजार प्रदर्शनकारीले अमेरिकाद्वारा ल्याएको शान्ति प्रस्तावको विरोध गरेका छन्। 

प्रदर्शनमा सहभागी बनेका केही प्यालेष्टिनीहरूले सशस्त्ररूपमा सीमा क्षेत्रमा तैनाद गरिएका सुरक्षाकर्मीको बेवास्ता गर्दै अघि बढेपछि इजरायली पक्षबाट अश्रुग्यासका साथै केही राउन्ड गोली चलेको एएफ्पीका स्थानीय सम्बाददाताले बताए। 

गालीबाट २०१ जना घाइते भएका प्यालेष्टिनी रेड क्रिसेन्टले जनाएको छ। गाजाका स्वास्थ्यमनत्रीले भने उक्त झडपमा चार जनाको मृत्यु भएको बताए। 

इजरायली सेनाका अनुसार सीमाना क्षेत्रमा रहेका विभिन्न पाँच स्थानमा झण्डै १७ हजार प्यालेष्टिनीले हिंसात्मक प्रदर्शन गरेको र इजरायलले सीमा क्षेत्रको रक्षार्थ गरेको गोली चलाउन बाध्य भएको बताएको छ। 

इजरायली सेनामाथि प्यालेष्टिनीले पेट्रोल वम तथा टाएरमा आगो बाली विपक्षीमाथि आक्रमण गरेपछि सेनाले जवाफी कारबाही चलाउँदा दोहोरो झडप भएको थियो। 

प्रकाशित: १६ चैत्र २०७४ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App