६ भाद्र २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिल्भेनियामा चुनावी सभाको क्रममा उनीमाथि गोली प्रहार भएको र उनी घाइते भएको बीबीसीले जनाएको छ।

सार्वजनिक भएका भिडियोहरूमा ट्रम्पको कानमा चोट लागेको र अनुहारमा रगत देख्न सकिन्छ।

गोली चल्नासाथ उनलाई त्यहाँबाट सुरक्षित निकालिएको छ। चुनावी सभाको क्रममा कैयन राउन्ड गोली चलेको आवाज सुनिएको पनि बताइएको छ।

प्रकाशित: ३० असार २०८१ ०७:०३ आइतबार