२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम सुरु गरेको जानकारीमा आएको छ।

यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

प्रकाशित: ६ माघ २०८० १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App