१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास-इजरायल युद्धविराम थप एक दिनका लागि लम्ब्याइयो

तस्बिर सौजन्यः एएफपी/रासस

इजरायल र हमासबीच जारी युद्धविराम थप १ दिनका लागि बढाइएको छ। दुबै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले थप १ दिनका लागि युद्धविरामको समय बढाइएको बताएको हो।

बीबीसीका अनुसार थपिएको एकदिनको समय बिहीवारसम्म लागू रहने छ। 

इजरायली सेनाका अनुसार बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्नका लागि  मध्यस्थकर्ताको प्रयासलाई ध्यानमा राखेर हमाससँगको युद्धविराम जारी रहने बताएको छ।

यस्तै हमासले इजरायलसाग युद्धविराम एक दिनका लागि बढाइएको र अब यो सातौँदिन पनि लागू रहने प्रष्ट पारेको छ।

यसैबीच, इजरायलले बिहीवार हमासबाट बन्धक बनाइएका महिला र बालबालिकाको नयाँ सूची प्राप्त गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। रिहा हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

गत शुक्रवार हमास र इजरायलबीच बन्धकहरूको विषयमा सहमति जुटेपछि युद्धविराम लागू गरिएको थियो। सहमति अनुसार दुबै पक्षले आफ्नो नियन्त्रणमा लिएका बन्धकहरूलाई रिहा गर्दै आएका छन्।

युद्धविरामको अवधिमा राहत सामग्री पनि युद्ध प्रभावित गाजामा पठाउने क्रम जारी छ।

प्रकाशित: १४ मंसिर २०८० ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App