७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास–इजरायल युद्धविराम थप लम्ब्याउने विषयमा कतारको प्रयास जारी

हमास–इजरायलबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा मध्यस्थकर्ता कतारले छलफल जारी राखेको छ।

दुबै पक्षबीचको युद्धविराम छैटौंदिनमा प्रवेश गरेसँगै कतारले युद्धविरामलाई लम्ब्याउने विषयमा थप छलफल गरिरहेको सीएनएनले बताएको छ। 

कतारको राजधानी दोहामा मङ्गवार भएको छलफलमा इजरायल, अमेरिका, कतार र इजिप्टका प्रतिनिधिहरूबीच छलफल भएको थियो। जसमा दुबै पक्षले बन्धकहरूलाई रिहा गर्न दबाब दिने र युद्धविरामको अवधि लम्ब्याउने विषयमा जोड दिइएको कतारका विदेश मन्त्रालयले जनाएको छ।

छैटों दिनको युद्धविराममा हमासले यजरायलका १० जना बन्धकलाई रिहा गरेमा योजना अनुसार थप ४८ घन्टाका लागि युद्धविराम लम्ब्याउने विषयमा सहमतिको प्रयास भइरहेको कतारले बताएको छ।

छलफलमा सहभागी सीआईए निर्देशक बिल बर्न्सले हमासको नियन्त्रणमा रहेका इजरायली पुरुष र सेना बन्धकलाई रिहा गर्ने गरी छलफलको प्रयास भइरहेको बताए।

प्रकाशित: १३ मंसिर २०८० ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App