१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गजा-इजरायल युद्धविरामको पाँचौ दिनः आज पनि दुबै पक्षले बन्धक रिहा गर्दै

गजा-इजरायल युद्धविरामको पाँचौ दिन आजबाट लागू भएको छ। यसअघि शुक्रवारबाट लागू भएको युद्धविरामको समयावधि सोमवार सकिए पछि थप २ दिनका लागि युद्धविराम लम्ब्याउने दुबै पक्षबीच सहमति भएको हो।

मध्यस्थकर्ता गरिरहेको कतारले थपिएको युद्धविरामको समयमा थप बन्धकहरूई दुबै पक्षले रिहा गर्ने बताएको छ।

सीएनएनका अनुसार युद्धविरामको अवधिमा २० जना प्यालेस्टिनी कैदीलाई इजरायल सरकारले रिहा गर्ने छ भने हमासले पनि थप २० जना बन्धकलाई रिहा गर्ने सहमति भएको कतारले बताएको छ।

रिहा गरिनेहरूको सूची तयार भइरहेको इजरायली सेना र हमासले बताएको छ। युद्धविरामको पाँचौदिन १० जनालाई रिहा गर्ने विषयमा सहमति भएको कतारले बताएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App