५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारीकर्मी नर्गिस मोहम्मदीले पाएकी छिन्। बिबिसीका अनुसार महिलाविरुद्ध हुने दमनविरुद्ध तथा सबैका लागि मानवअधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

उनी हाल तेहरानस्थित इभिन जेलमा छिन्। यो जेलमा सरकारविरोधी प्रदर्शनकारी, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई राखिएकोछ। इरान सरकारले उनलाई १३ पटकसम्म पक्राउ गरेको छ। उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन्। उनलाई ३१ वर्ष जेल सजाय तोकिएको छ। मोहम्मदीको परिवारले उनलाई दिइएको नोबेल शान्ति पुरस्कार सम्पूर्ण इरानी जनताको भएको बताएको छ।

गत वर्ष बेलारुसका मानव अधिकारकर्मी एलियास बिलियाट्स्की, रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजले नोबेल शान्ति पुरस्कार पाएका थिए।

प्रकाशित: २० आश्विन २०८० ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App