७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी

युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ। ती ड्रोन र मिसाइल इरानद्वारा निर्मित हुन्।

मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरिरहेको किएभले चेतावनी दिएको छ। गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तातोबिना बस्न बाध्य भएका थिए।

'गए राति रुसी अतिक्रमणकारीहरूले ३१ वटा साहेद (मानवरहित हवाई अस्त्र) र एउटा इस्कान्दर–के क्रुज मिसाइलले आक्रमण गरे', उक्त मिसाइल र २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले भन्यो।

दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको निप्रोपेट्रोभस्कका जिम्मेबार फौजले उक्त मिसाइल र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गरेका थिए। 

प्रकाशित: १६ आश्विन २०८० १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App