५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीस्थित अफगानी दूतावास बन्द

भारतको राजधानी नयाँ दिल्लीमा रहेको अफगानी दूतावास बन्द भएको छ। अफगानिस्तानको हितमा दूतावास बन्द गरिएको शनिवार राति भारत सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।  

दूतावासले जारी गरेको विज्ञप्तिमा ‘भारत सरकारको असहयोग,  दिल्लीमा अफगानिस्तानको राष्ट्रिय स्वार्थ भारतमा प्रवर्द्धन गर्न अक्षम भएको तथा कर्मचारी एवं अन्य आवश्यक स्रोतको अभावमा  दूतावास बन्द गर्नुपरेको’ विज्ञप्तिमा उल्लेख छ ।  

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन। त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ। जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ।  

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द हुने जानकारी दिएको थियो।  

प्रकाशित: १४ आश्विन २०८० ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App