५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिकी मुलुकमा बढी रहेको सैन्य कुप्रति संयुक्त राष्ट्र सङ्घको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

अफ्रिकामा जारी सैन्य विद्रोहको हालैका घटनाक्रमहरूमाथि सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। गत महिना मात्रै नायजर, २०२२ मा बुर्किना नासो र त्यसअघिका वर्षहरूमा चाड, गिनी, सुडान र मालीमा सैन्य कु भएको थियो। केही दिनअघि मात्रै ग्याबोनामा सैन्य कु भएको छ।

गुटेरेसले अफ्रिकामा शान्ति, लोकतान्त्रिक स्थायित्व र सुशासनको प्रवद्र्धनमा निर्णायक भुमिका खेल्न अफ्रिकी युनियनहरूसँग आग्रह गरे। उनले अफ्रिकी जनतालाई यस बारेमा जानकारी गराउनुपर्ने बताए। यस साताको अन्तिममा उनी केन्यामा हुने अफ्रिका जलवायु शिखर सम्मेलनमा जाँदै छन।

त्यसपछि १३ औं एसियन संयुक्त राष्ट्र शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया जाँदै छन्। त्यस लगत्तै उनी जी २० शिखर सम्मेलनमा भाग लिन भारत आउनेछ। साथै जी ७७ र चीनको शिखर सम्मेलनका लागि क्युबा जाँदै छन।

उनले सो सम्मेलनका क्रममा पनि यसबारेमा विश्वस्तका नेतासँग छलफल गर्ने बताएका छन्।

प्रकाशित: १५ भाद्र २०८० ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App