५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

काबुल – अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ । 

रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा कारबाहीका क्रममा अरु कम्तीमा ४६ जना घाइते भएको उल्लेख छ । 

“दश विभिन्न विषेश सहित २६ सुरक्षा कारबाही चलाइएको थियो, गत चौबिस घण्टामा धेरै ठाँउबाट शत्रुहरू लखेटिएका छन्,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ। 

वक्तव्यका अनुसार, डाडुल्लाहको नामले चिनिने तालिवानका स्थानीय नेता क्वरी अस्साडुल्लाहको मृत्यु भएको छ। 
सुरक्षा निकायहरुले देशभरका ३४ प्रान्तमध्ये १६ मा सुरक्षा कारबाही गरिएको जनाएका छन्। 

“आतङ्कवादी विरुद्धको हवाई कारबाहीका लागि ११० उडान गराइएको थियो,” वक्तव्यमा भनिएको छ। 

रक्षा मन्त्रालयको वक्तव्यमा सरकारी सुरक्षाकर्मी तर्फ के कति क्षति भएको थियो भन्ने स्पष्ट पारिएको छैन्। 

प्रकाशित: १३ श्रावण २०७४ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App