न्यूयोर्क – अमेरिकाको प्युर्टेरिका राज्यका एक पुरुषलाई आफ्नै प्रेमिकाको कुकुरलाई टोकी टाउको खाएको आरोपमा ७ वर्ष जेल सजाय तोकिएको छ ।
समाचार स्रोतका अनुसार ४० वर्षीय लुइस अर्राेयो माथि जनावर मौलिक हकको हनन् तथा घरेलु हिंसा विरुद्धको दोषी ठर्याइ जेल सजाय तोकिएको हो । उनलाई यसको अतिरिक्त ३ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ ।
उनले प्रेमिकाको घरमा रहेको २ महिनाको कुकुरलाई टोकेको र त्यसको टाउको खाएको उल्लेख छ । उनले कुकुरको मानसिक स्थितिमा नै खलल् पर्ने गरी टोकेका कारण कुकुरको घटनास्थलमा नै मृत्यु भएको थियो । कुकुरलाई आक्रमण गरेपछि उनले प्रेमिकालाई पनि आक्रमण गरेका थिए ।
अपराधी आफू बेरोजगार भएको र प्रेमिकामा आत्मनिर्भर रहेको सार्वजनिक भएको छ । उनले एकै साथ कुकुर र प्रेमिकालाई हमला गर्नुको कारण भने खुलाइएको छैन ।
प्रकाशित: १६ चैत्र २०७३ ०९:५५ बुधबार