२ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चालीस लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द

सान्टीयागो—आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएको खानेपानी आपूर्ति बन्द गरेका छन्।

चालीस लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो।
आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यान समेत गुमाइसकेका छन्। शनिबारबाट सुरु भएको अबिरल वर्षा र पहिरोका कारण माटो ढुङ्गासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो।

यस नदीबाट सान्टीयागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ। सो नदी सफा नहुदाँसम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नु परेको अधिकारीहरुले बताएका छन्।

सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। मानिस आपतकालिन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन्।

बिना पानी नचल्ने रेष्टुरेन्ट जस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिक सत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ। यस प्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घरपरिवार प्रभावित भएका छन्।

खानेपानी आपूर्तिको अभावका कारण सान्टीयागो जिल्लाको ३० वटा जिल्ला प्रभावित भएका सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताएका छन्। रासस/एएफपी

प्रकाशित: १६ फाल्गुन २०७३ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App