५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अलास्कामा लगातार ज्वालामुखी विस्फोटन

एङ्कोरेज- संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन्।

एकसय ६९ एकड (क्षेत्रफलका हिसाबले औसतमा तृतीय श्रेणीको अमेरिकी कृषिक्षेत्र (फार्म बराबर) रहेको र यहाँको सबभन्दा अग्लो पर्वत शृङ्खला भन्नु समुद्र सतहदेखि ४९० फिट (उचाइका हिसाबले फ्रान्सको इफिल टावरको आधाआधीजति) रहेको बोगोस्लोफ द्वीपमा अत्यन्त क्रियाशील र बेरिङ्ग सागर (बेरिङ्ग सि) को जल सतहभन्दा पाँच हजार पाँचसय फिट मुन्तिर समुद्रको पिँधबाटै उठेर आई शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन्।

गत डिसेम्बर महिनाको मध्येदेखि हालसम्म २४ पटकभन्दा बढी ज्वालामुखी विस्फोटन भइसकेका बताइएको छ।

प्रत्येक पटकको विस्फोटनमा ठूलो परिमाणमा बरफका ढिक्का, चट्टानी ढुङ्गाका गेगर र ज्वालामुखीय खरानी (म्याग्मा) मिश्रित बादल उठेर निस्किई आकाश माथि माथिसम्म ढाकेर फैलँदा उत्तर अमेरिका र एसियाबीच उडान भर्ने विमानहरुलाई हवाई मार्ग परिवर्तन गर्न बाध्य पारेका छन् ।

ज्वालामुखी विस्फोटन हुँदा यति ठूलो परिमाणमा बरफका ढिक्का, चट्टानी ढुङ्गाका गेगर मिश्रित बादल किन माथि माथि आकाशमा उठेको ? भन्ने जिज्ञासा राखी गरिएको एक प्रश्नको उत्तरमा अमेरिकी भौगर्भिक सर्भेक्षण संस्था (युएसजिएस) को अलास्का ज्वालामुखी अवलोकन केन्द्रका भू–भौतिकशास्त्र अनुसन्धाता (रिसर्च जियोफिजिकिस्ट अफ अलास्का भोल्क्यानो अव्जर्भेटरी) ले ज्वालामुखीय म्याग्मा र सामुद्रिक अति ठन्डा जलबीच टकराव हुँदा कडा र शक्तिशाली विस्फोटनको अवस्था पैदा भएको र यही शक्तिशाली विस्फोटनले नै यत्रो विशाल बबन्डर मच्चाएको बताएको छ ।

यस प्रकारको स्थिति यस वर्षभरि नै बारम्बार दोहोरिने सम्भावना रहेको भन्ने जवाफ दिएका छन्। रासस/एपी

 

प्रकाशित: २१ माघ २०७३ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App