१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्कुल बस र ट्रक ठोक्किदा १५ जनाको मृत्यु

नयाँदिल्ली-भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ ।

घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् ।

एलिगाञ्जमा निकै दुःखद दुर्घटना भएको छ, १५ जनाको मृत्यु भएको छ, घाइतेहरुको उद्धार तथा उपचार भइरहेको छ, उत्तर प्रदेशका उच्च प्रहरी अधिकारी जभिड अहमेदले ट्विट गरेका छन् । उनले मृतकको संख्या बढ्न सक्ने पनि बताएका छन् ।

बस र ट्रक आपसमा ठोक्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर जाडोको समयमा विहानमा निकै बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा गतबर्ष मात्रै झण्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सय जनाको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन् । रासस-एएफपी

प्रकाशित: ६ माघ २०७३ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App