ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ। उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।
सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसना (गद्दा)बाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर्स कमिसनका प्रमुख विलियम शिन्जाटोले जानकारी दिए।
ब्राजिलको बार एशोसिएशन अर्डर अफ लयर्सका अनुसार तीनै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको पुष्टि भएको छ। ब्राजिलको ग्लोबोन्यूज अनलाइन पत्रिकाका अनुसार आगो नियन्त्रणमा लिइएको र जेलको अन्य भागमा फैलिएको छैन।
प्रकाशित: ४ फाल्गुन २०७९ ०९:३४ बिहीबार