५ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी पत्रकार सामीमी रिहा

सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ।  

पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो।

तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा रहेको सेम्नान जेलमा गत वर्ष स्थानान्तरण गरिएका समीमीलाई बिहीबार दिउँसो रिहा गरिएको उनको परिवारले पुष्टि गरेको छ।  

सन् २०२२ को फेब्रुअरीमा उनलाई स्वास्थ्यको कारण देखाउँदै जेल छाड्न अनुमति दिइएको थियो।

तर राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशङ्कामा मे महिनामा उनलाई फेरि पक्राउ गरिएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ।

गत डिसेम्बरमा समीमीले सेप्टेम्बर १६ मा महसा अमिनीको मृत्युपछि इरानमा भएको विरोध आन्दोलनको समर्थनमा आफ्नो मोबाइलबाट सन्देश पठाएका थिए।

२२ वर्षीया इरानी कुर्दको तेहरानमा महिलाहरूका लागि इस्लामिक गणतन्त्रको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएपछि ‘नैतिकता प्रहरी’को हिरासतमा मृत्यु भएको थियो।

समीमीले सन् १९७९ को इस्लामी क्रान्तिअघि र पछि पटक पटक जेल जीवन बिताएका छन्।

प्रकाशित: १३ माघ २०७९ ०३:१५ शुक्रबार