विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार मुलुकमा झण्डै ७५ प्रतिशत मृत्यु मुटु र रक्तनलीसँग सम्बन्धित (कार्डियोभास्कुलर) रोगले हुने गरेको छ। गरिबभन्दा गरिब यसको निसानामा परिरहेका छन्।
विकसित देशमा मुटुसम्बन्धी उपचारको सुविधा निकै राम्रो छ। आर्थिक अवस्था धेरै राम्रो छ। बीमाको अवस्था छ। पूर्वाधारको अवस्था स्तरीय छ। जसको कारण मुटु रोग लागेर जटिलता भए पनि व्यक्तिले अकाल मृत्युको सामना गर्नु पर्दैन। जोगाउन सकिन्छ।
हाम्रो खानामा पिजा, बर्गर, डुनट, केक, आइसक्रिम, फास्टफुड र होटलका खानेकुरा धेरै पर्छन्। सँगै शारीरिक निष्क्रियताले पनि यसको बिरामी बढ्दै गएको छ। उनी भन्छन्, ‘जनचेतनाको कमीले खानपान र जीवनशैली फरक पार्छ। विगत हेर्दा पश्चिमी खानपिनमा हाम्रो झुकाव बढ्दै गएको छ।’
तर नेपाल जस्तो राष्ट्रमा जहाँ भौगोलिक जटिलता पनि थप समस्याको रूपमा रहेको छ। सँगै सामाजिक, राजनीतिक, आर्थिक र पूर्वाधारको ठूलो कमीका कारण नेपाल जस्ता राष्ट्रहरूमा मुटुरोग लागिसकेपछि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ।
त्यसकारण विकसित राष्ट्रमा मुटु रोगबाट हुने मृत्यु घट्ने क्रममा छ भने विकासोन्मुख राष्ट्रहरूमा बढ्दै गइरहेको मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिल बताउँछन्। भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) बाट ‘इन्टरभेन्सन कार्डियोलजी’ मा ‘डीएम’ गरेका डा. अनिल गरीब राष्ट्रहरूमा जनचेतनाको कमीले पनि मृत्युदर बढेको हुन सक्ने औल्याउँछन्।
हाम्रो खानामा पिजा, बर्गर, डुनट, केक, आइसक्रिम, फास्टफुड र होटलका खानेकुरा धेरै पर्छन्। सँगै शारीरिक निष्क्रियताले पनि यसको बिरामी बढ्दै गएको छ। उनी भन्छन्, ‘जनचेतनाको कमीले खानपान र जीवनशैली फरक पार्छ। विगत हेर्दा पश्चिमी खानपिनमा हाम्रो झुकाव बढ्दै गएको छ।’
सामान्य जीवनशैली अपनाउने पनि जोखिममा
गाउँमा बस्ने, खेती किसान गर्ने व्यक्तिलाई त नहुनुपर्ने हो? उनी भन्छन्, त्यहाँ पनि कारणहरू छन्। जस्तो चुरोट त गाउँका व्यक्तिले पनि खान्छन्। रक्सीको सेवन पनि गर्छन्। नेपाल र अन्य देशको तथ्यांक हेर्ने हो भने स्टेभ सर्वे र विश्व स्वास्थ्य संगठनको तथ्यांक उस्ता-उस्तै छ। चुरोट खाने नेपाली र चुरोट खाने विकसित देशको। विकसित देशमा रक्सीको खपत फलफूलको पर्याप्त प्रयोग पनि कम छ।
‘हामी जस्तो पैसा र सुविधा नभएका राष्ट्रका नागरिकलाई मुटुरोग लाग्नै नदिने। त्यसका लागि हामी सबैको ध्यान आकर्षण हुन जरुरी छ’ उनी भन्छन्, ‘जनचेतनाको माध्यमबाट कम गर्न सक्छौं। सचेतना बढाउन सक्छौं।’
नेपालमा पनि २५ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप छ। संसारमा पनि त्यही रेस्यु छ। अर्थात् मुटुरोगका कारणहरू जति हामीसँग छन् विकसित देशका नागरिकसँग पनि त्यति नै छन्। झन् हामीसँग त उपचारको सुविधा पनि छैन। त्यसकारण मुटुरोगबारे जनचेतना फैलाउन सके न्यूनीकरणमा मद्दत पुग्ने उनको विश्वास छ।
‘हामी जस्तो पैसा र सुविधा नभएका राष्ट्रका नागरिकलाई मुटुरोग लाग्नै नदिने। त्यसका लागि हामी सबैको ध्यान आकर्षण हुन जरुरी छ’ उनी भन्छन्, ‘जनचेतनाको माध्यमबाट कम गर्न सक्छौं। सचेतना बढाउन सक्छौं।’
सचेतना कसरी बढाउने?
के खाने के नखाने, के गर्ने के नगर्ने र कस्तो बानी राम्रो हो कस्तो बानी नराम्रो भन्ने हामी सबैलाई थाहा छ। अधिकांश व्यक्तिलाई थाहा छ तर यो व्यवहारमा लागु छैन। व्यवहारमा लागु नहुनुको एक मात्रै कारण हाम्रो समाज रहेको डा. अनिलको विश्लेषण छ।
हाम्रो जो माहोल हाम्रो जुन समाज छ। जुन संगत छ। जुन विचार छ। यो सबै कहाँबाट आइरहेको छ। त्यसका लागि केही न केही कुरा जिम्मेवार छ। सुधारका लागि परिवारका सदस्यबाटै सुरु गर्नुपर्ने उनी बताउँछन्, ‘जस्तो कुनै परिवारमा नै ‘कोल्ड ड्रिङ्कस’ नै नल्याउने, मिठाई नखाने, रक्सी चुरोट नखाने संस्कारमा विकास भए यसको उपभोग यतिकै घटिहाल्छ। यही अनुसार परिवारका प्रत्येक व्यक्ति हिंड्न थाले समाज त्यत्तिकै बन्छ।’
रोग लाग्नै नदिने
अधिकांश नेपाली रोग लागेपछि मात्र उपचारको खोजीमा हिंड्छन्। रोगले सताए मात्र व्यायाम र खानपानमा ध्यान दिन्छन्। मुटु रोग लाग्ने, सुगर प्रेसर हुनेले मात्र मर्निङ वाक गर्ने र उनीहरूले मात्रै नुन कम खाने र खानापानमा ध्यान दिन्छन्।
‘नुनको कम प्रयोग त सामान्य व्यक्तिले पनि गर्नुपर्ने होइन र! स्वस्थ व्यक्तिले पनि गुलियो खानेकुरा थोरै खानुपर्छ। अर्थात् रोग लाग्न नदिनै स्वस्थ्य सतर्कता अपनाउनुपर्यो।’ ‘गुलियो, नुनिलो, चिल्लो कम खाने, चुरोट नखाने, मदिराको प्रयोग सकेसम्म नगर्ने, शरीरको तौल सन्तुलन राख्ने, व्यायाम गर्ने, प्रत्येक दिन एक घण्टा हिड्ने, मानसिक सन्तुलन कायम राख्न धेरै रिस र घृणा नगर्ने र कुरा नकाट्ने’
‘म पनि डाक्टर’ स्वास्थ्य चेतना सम्बन्धी पुस्तक लेखिसकेका डा. अनिल विरामीलाई कुनै पनि खाना बार्न नपर्ने सुझाव दिने गरेको बताउँछन्। डा. अनिलको यो कुरा सुनेर अच्चम मान्ने जो कोहीसँग उनको प्रश्न छ, ‘नुनको कम प्रयोग त सामान्य व्यक्तिले पनि गर्नुपर्ने होइन र! स्वस्थ व्यक्तिले पनि गुलियो खानेकुरा थोरै खानुपर्छ। अर्थात् रोग लाग्न नदिनै स्वस्थ्य सतर्कता अपनाउनुपर्यो।’
सबै मानिस जोखिममा रहेका कारण सबैले सर्तकता अपनाउनुपर्ने उनको सुझाव छ। कसैले रोग लागिसकेपछि बार्छ, कोही रोग लाग्नुअघि तर सर्तकता त उही हो। ‘गुलियो, नुनिलो, चिल्लो कम खाने, चुरोट नखाने, मदिराको प्रयोग सकेसम्म नगर्ने, शरीरको तौल सन्तुलन राख्ने, व्यायाम गर्ने, प्रत्येक दिन एक घण्टा हिड्ने, मानसिक सन्तुलन कायम राख्न धेरै रिस र घृणा नगर्ने र कुरा नकाट्ने’ उनी सुझाउँछन्।
यी कुराहरू कहीं न कहीं हाम्रो घरपरिवार र समाजबाट आउने कुरा हो। जुन हाम्रो संगत, चिन्तनले मनमा हाम्रो व्यवहारमा आउने भएकाले आफ्नो सोचाइको स्तरमा सुधार गर्न जरुरी छ।
प्रकाशित: १३ आश्विन २०७९ ०९:४७ बिहीबार