१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्रको सुरुआत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गरेकी छिन्।

वडा कार्यालयले सञ्चालन गर्ने ती सेवा केन्द्रबाट अबदेखि निरन्तर वडावासीले स्वास्थ्य परीक्षण एवं अन्य आधारभूत स्वाथ्य सेवा पाउनेछन्। खोकनामा आज आयोजित एक कार्यक्रममा मन्त्री भुसालले वडावासीको स्वास्थ्योपचार सुधारका लागि आवश्यक पर्ने व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

उनले खोकनावासीका लागि आवश्यक पर्ने विद्युत्, सडक एवं सिँचाइका साथै अन्य आधारभूत आवश्यकताका लागि आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता पूर्ति गर्नका लागि पर्ने धारणा राखिन्।

कोभिड–१९ संक्रमणको महाविपत्तिका समयमा पनि वडाले जनस्वाथ्यका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले नागरिकको स्वास्थ्यमा ध्यान दिएकामा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिइन्।

मन्त्री भुसालले भनिन्, 'तोरीको तेलका कारण चिनिने खोकनामा तोरी पेल्ने मिल, सम्पदाको संरक्षण एवं जनताको आवश्यकता पूरा गर्नका लागि वडा सक्षम भएको छ।' जनताको घरआँगनमै स्थानीय सरकारले जनतालाई महत्वपूर्ण स्वाथ्य सेवा उपलब्ध गराएर वडाले सराहनीय कार्य गरेको बताइन्।

सो अवसरमा रुद्रायणी पञ्चताल गुठीलाई अक्षयकोषका लागि पाँच लाख रुपैयाँ बराबरको सहयोग ऊर्जामन्त्री भुसालले हस्तान्तरण गरिन्। कार्यक्रममा वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्ना वडावासीलाई निरन्तर सेवा उपलब्ध गराएको र आगामी दिनमा स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित: २४ चैत्र २०७८ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App