जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ५ का ६५ जना जेष्ठ नागरिकलाइ शक्तिवर्धक तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको छ।
जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रम अन्र्तगत आज यी औषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिए। उनका अनुसार जेष्ठ नागरिकलाई अश्वगन्धा चूर्ण, आमलकी चूर्ण लगायतका औषधि वितरण गरिएको छ।
यी औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, कमजोरी हुने, निद्रा लाग्ने जस्ता समस्यालाई समाधान गर्ने अर्यालले बताए। फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझाले जेष्ठ नागरिकलाई सेवा दिएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङप्रति आभार प्रकट गरेकी छिन्। सो बेला जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो। कार्यक्रममा फुनपा पडा नं ५ का वडासदस्यहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: २६ माघ २०७८ १०:४१ बुधबार