२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण

काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ। अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको कमपाको भनाइ छ।

कारोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ। अहिले परीक्षण दर पनि बढेको छ।  दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउँछन्। सङ्क्रमण बढेपनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आएपनि तयारी अवस्थामा रहेको  कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ।

डङ्गोलले भने, ुहामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ। 'हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौँ। हामी पनि तयारी अवस्थामा छौँ। आवश्यक पर्‍यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौँ।'

महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित: १४ माघ २०७८ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App