४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

क्षयरोग नियन्त्रण दिवसको अवसरमा क्यालेन्डर र ब्याच

नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले क्यालेण्डर प्रकाशन गरेको छ। संस्थाले ६८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा क्यालेन्डर प्रकाशन गरेको हो। संस्थाले क्षयरोग निवारण र नियन्त्रणका विभिन्न उपाय, सन्देशसहितको क्यालेण्डर प्रकाशन गरेको हो। सो क्यालेन्डर नेपालभाषामा रहेको संस्थाले जनाएको छ।

क्यालेन्डरको विमोचन संस्थाका सभापति पुष्पलाल तिमिला, निवर्तमान सभापतिहरु राम सिख्व, महेन्द्रलाल कायस्थ र बाबुकाजी श्रेष्ठ लगायतले क्यालेन्डरको लोकार्पण गरेका थिए।

सोही अवसरमा संस्थाले भक्तपुरका विभिन्न संघसंस्थाका प्रतिनीधिहरुलाई क्षयरोग नियन्त्रण अभियानको ब्याच समेत वितरण गरेका थिए। संस्थाले भक्तपुरलाई क्षयरोगमुक्त जिल्ला बनाउने अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: १३ मंसिर २०७८ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App