६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

भक्तपुरमा नेपालमै पहिलोपटक घरदैलो नर्सिङ सेवा

नेपालमै पहिलोपटक घरदैलो नर्सिङ सेवा सुरु गरेको भक्तपुर नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन र सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रमको लागि सफ्टवेयर र कार्यक्रमसँग सम्बन्धित विषयवस्तुमा अभिमुखीकरण आइतबार अभिमुखीकरण गरेको हो।

सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले घरदैलो नर्सिङ सेवाबाट व्यापक जनता लाभान्वित हुने बताए। उनले घरदैलो नर्सहरुले घरघरमा गई विज्ञानसम्मत ढंगले आवश्यक स्वास्थ्य परामर्श दिनुपर्नेमा जोड दिए।

विदेशमा काम गरेर ल्याएको पैसाबाट नेपालको विकास सम्भव नहुने बताउँदै उनले आफ्नै देशमा काम गर्न युवाहरुलाई उत्साहित गर्नुपर्ने समेत बताए।

चीनले कोभिडविरुद्ध लड्न विश्वका १५० भन्दा बढी देशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको प्रसंग जोड्दै उनले कोभिड रोग अमेरिकीसेनाहरु खेलकुद प्रतियोगितामा भाग लिन चीनको उहान सहरमा आएका खेलाडीहरुले सारेर विश्वमा फैलिएको पुष्टि भइसकेको दाबी गरे।

सोही अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाटसञ्चालित ख्वप अस्पतालमा नर्स तथा आवश्यक चिकित्सक व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यअनुरुप आधुनिक र सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै उनले समाजवादी देशहरुको स्वास्थ्य प्रणालीबाट भक्तपुर नगरपालिकाले सिको गर्दै आइरहेको बताए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले २०७४ साल भदौ ९ गतेबाट सुरु गरेको घरदैलो नर्सिङ सेवा कार्यक्रमबाट सफलता हासिल भएको बताइन्।

कार्यक्रममा स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा. गोमादेवी निरौलाले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपालका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी समुदाय स्तरमा स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सञ्चालन कार्यक्रम अन्तर्गत नेपालमा पहिलोपटक भक्तपुरमा यस कार्यक्रमको सुरुवात गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन्।

प्रकाशित: ५ मंसिर २०७८ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App