प्रदेश १ मा बुधबार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ४५ जनाको पिसिआर परिक्षण गरिएकोमा ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको हो।
सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रकाशित: ९ असार २०७८ १३:५६ बुधबार