२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना महामारी स्वास्थ्यका लागि अवसर

बागलुङको धौलागिरि अञ्चल अस्पतालले एक वर्षअघि कोरोनाका दुईजना संक्रमितको उपचार गर्नुपरेपछि बल्ल भेन्टिलेटरर आइसियु सुविधा थप्ने मौका पायो। एक दशकअघि (२०६६) मा स्थापित उक्त अस्पतालले गत वर्षसम्म श्वासप्रश्वासमा जटिल अवस्था आएका बिरामीको उपचारमा चाहिने यी उपकरणसहित सुविधा हात पार्न सकेको थिएन। केही गरी श्वासप्रश्वासका त्यस्ता बिरामी आइहाले थप उपचारका लागि पोखरा पठाउँदै आएको थियो। तर, अहिले अस्पतालमा श्वासप्रश्वासका बिरामीलाई पोखरासम्म धाउनुको बाध्यता हटेको छ।  

धौलागिरि अञ्चल अस्पतालले भेन्टिलेटरर आइसियु सेवा दिलाउने उपकरण हात पार्न कोरोना भाइरसको संक्रमण नै कुर्नुपर्‍यो। कोरोना भाइरस नै अस्पतालका लागि उपकरण हात पार्ने अवसर बन्यो। कोरोना संक्रमण नफैलिँदो हो त अस्पतालले अझै केही समय यी उपकरणर सुविधा पाउने थिएन। हुन त अस्पतालले आइसियुसहितको सुविधा थप्नका लागि योजना बनाएको थियो। तर, ती सबै कामले गति लिन सकेका थिएनन्। जब कोरोनाका दुईजना बिरामी भेटिए, त्यसपछि हतारहतार आइसियुर भेन्टिलेटरसहित सुविधा थपिए।  

‘अस्पताललाई उपकरण हात पार्ने अवसर कोरोनाले दिलाएको हो,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेल भने, ‘कोरोनाका बिरामी आएपछि बल्ल यहाँ यी उपकरणर आइसियु सुविधा थपिएका हुन्। कोरोनाका संक्रमित फेला नपर्दासम्म अञ्चल अस्पतालमा आइसियुर भेन्टिलेटर जस्ता उपकरण थिएनन्। यी उपकरण श्वासप्रश्सावमा जटिल अवस्था आएका बिरामीको उपचारमा चाहिन्छ।’ अस्पतालमा अहिले पाँचवटा भेन्टिलेटर पुगेका छन्।

धौलागिरिको सबैभन्दा ठूलो सरकारी यो अस्पतालमा पर्वत, बागलुङ, म्याग्दीर मुस्ताङका बिरामी उपचार गराउन पुग्थे। पूर्वाधारविहीन अवस्थामा अस्पताल यसअघि यस्ता सुविधा नहुँदा बिरामीले सास्ती खेप्दै आएका थिए। ‘कोरानाका बिरामीको उपचारका लागि अस्पतालमा हतारहतार पूर्वाधार थप गर्न सरकार बाध्य भयो। कोरोना संक्रमणका बिरामी भेटिएपछि ती बिरामीलाई जटिल अवस्था आउनसक्ने आँकलन गर्दै हतारहतार भेन्टिलेटर राखियो भने आइसियुको व्यवस्थापन गरियो। तर संयोगवश बिरामीलाई भेन्टिलेटरमा राख्नुपरेन,’ पोखरेलले भने, ‘सबै अस्पतालमा यी सुविधा हुने हो भने अप्ठेरो परेको बेला हतार गर्न जरुरी थिएन।’  

कुनै पनि बेला महामारी भोग्नुपर्ने अवस्था आउने भएकाले पनि सबै अस्पताल तयारी भएर बस्नुपर्ने भन्ने अहिलेको सिकाइ भएको पोखरेलले बताए। ‘सम्भावित महामारीबाट जोगिन सबैतिरका अस्पताल सुविधासम्पन्न हुनु पर्ने रहेछ। सम्भावित महामारीका लागि हामी तयारी भएर बस्नुपर्छ। अहिलेको जस्तो अप्ठेरो कुनै पनि बेला आउनसक्छ। त्यसको तयारी तत्कालै गरेर हुँदैन,’ पोखरेलले भने, ‘कुनै पनि बेला क्रिटिकल अवस्था आउन सक्ने भएकाले सचेत हुनुपर्छ। त्यसका लागि पूर्वाधारले तयारी गर्नुपर्छ।’  

जिल्लामा सञ्चालित सबैजसो अस्पताल सुविधाविहीन छन्। न प्रविधि, न जनशक्ति जिल्लाका सबै अस्पतालका साझा समस्या हुन्। तर कोरोनाका कारण जिल्लाका अस्पतालमा सुविधा थपिँदा बिरामीलाई लाभ पुगेको छ। त्यो लाभ कोरोनामा मात्र नभई अरू खाले बिरामीका लागि पनि फाइदाजनक भएको छ। ‘अहिले जटिल खालका अरू बिरामीले पनि जिल्लाका अस्पतालमा उपचार गराउन पाएका छन्। स्थानीय अस्पतालमा उपचार गराउन पाउँदा बिरामीलाई पनि सहज भएको छ,’ उनले भने, ‘कोरोनाको अप्ठेरोलाई सुविधामा बदल्ने मौका पाएका छौं।’ अस्पतालमा थपिएका पूर्वाधार दिगो हुने उनले बताए।  

कोरोनाको यही अवसरलाई सदुपयोग गर्दै धेरै अस्पतालले पूर्वाधार थप्नमा ध्यान दिएका थिए। कपितय जिल्लाका अस्पताल आफैंले अक्सिजन ग्यास प्लान्ट स्थापना गरेका थिए। गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकाल भन्छन्, ‘कोरोना संक्रमण नभएको भए यो गतिमा पूर्वाधार थप्ने काम नहुन पनि सक्थ्यो। अहिले त बाध्य नै भइयो। कोरोना स्वास्थ्यलाई बलियो बनाउने अवसर बनेको हो,’ उनले भने, ‘स्वास्थ्य संस्थामा जनशक्तिर प्रविधि थप्नमा कोरोना संक्रमणको सघाउ पुगेको छ।’

विकसितर विकासशील सबैखाले मुलुकलाई कोरोनाले स्वास्थ्य संस्थामा पूर्वाधार आवश्यकरहेछ भन्ने बुझाउन सकेको उनले बताए। उनका अनुसार गोरखा अस्पताल ५० शथ्याको हो। यो अस्पतालले अहिले नयाँ भवन बनाउँदै गर्दा सबै सुविधा दिन सकेको छैन। तर, आवश्यक उपकरण भने रहेको ढकालले बताए। ‘अस्पतालमा आइसियु नै कहिलेराखिएलार जस्तो लाग्थ्यो तर साँचो अर्थमा कोरोनाले स्वास्थ्य संस्था अब्बल हुनुपर्छ भन्ने बुझाएको छ,’ उनले भने।  

बागलुङको अस्पतालले मात्र नभई कोरोनाका कारण प्रदेशका जिल्लाका सबै सरकारी अस्पतालले यो पटक आइसियुर भेन्टिलेटरसहित सुविधा थप्न पाएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्मा बताउँछन्। ‘सबैतिर पूर्वाधार अपुगरहेछन् भन्ने अहिले अनुभूति भएको छ। त्यही भएर नै जिल्लाका अस्पताललाई आगामी दिनमा अझ प्रविधिमैत्री र दक्ष जनशक्तियुक्त बनाउने निर्णय भएको छ,’ शर्माले भने, ‘अब हरेक जिल्लाका अस्पतालमा केही सुविधा थपिन्छन्। त्यसका लागि प्रदेश सरकारले बजेट दिनेछ।’ 

आइसियुर भेन्टिलेटर जडानका लागि सबै जिल्लाले बढीमा १ करोड ६९ लाख रूपैयाँ बजेट छुट्याएर उपकरण खरिदका लागि बजेट पाएका थिए। निर्देशक शर्माका अनुसार उपकरण खरिदका लागि मात्र प्रदेश सरकारले १४ करोड रूपैयाँ छुट्याएको थियो। त्यो रकम जिल्लास्थित अस्पताललाई दिइएको उनले बताए। त्यसबाहेक केही जिल्ला अस्पतालले थप २/२ करोड रूपैयाँ बजेट समेत संघीय सरकारबाट पाएका छन्। 

प्रकाशित: ११ वैशाख २०७८ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App