५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तीन वर्षदेखि निर्माणाधीन मल्कबाङ स्वास्थ्य चौकीको भवन अलपत्र

धवलागिरी गाउँपालिका–५, मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकीको भवन । तस्बिर : हरिकृष्ण

तीन वर्षदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकीको भवन अलपत्र बनेको छ। सम्झौता अनुसार म्याद नाघेको वर्षदिन बितिसक्दा पनि ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो।  

२०७४ माघ महिनामा भ्याटसहित एक करोड ७४ लाखमा १४ कोठा भएको दुई तल्लाको भवन बनाउन वाइल्ड वाइड जेभी भगवति मालिका कस्ट्रक्सन प्रालिसँग सहरी विकास तथा भवन डिभिजन कार्यालय पोखराले ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौता गरेको पहिलो वर्ष निर्माण कम्पनिले भवनको एकतल्ला मात्र ढलान गरेको थियो।  

भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ। निर्माण गरिएको भवन पनि पुरानो र जिर्ण जस्तै देखिन थालेको छ। दुर्गम गाउँमा समयमै भवन निर्माण नुहुँदा स्वास्थ्य सेवा प्रवाह कठिनाई भएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन्। ‘पुरानो भवन जिर्ण र साँघुरो भएका कारण सेवा प्रवाह गर्न समस्या भएकाले नयाँ भवन बनाउन लागिएको हो,‘भवन नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ’ अध्यक्ष छन्त्यालले भनिन्। उनले स्वास्थ्य चौकीको भवन निर्माण गर्न स्थानीय सरकार, प्रदेश र सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयवासी छन्त्यालले बताइन्।

यता निर्माण कम्पनिका प्रतिनिधि गोपाल भट्टचनले निर्माण सामाग्री ढुवानीमा समस्या भएको अवस्थामा सडक सञ्जाल जोडिएकाले चालु आर्थिक वर्षमै सम्पन्न गर्ने बताए। ‘त्यहाँसम्म ढुवानी गर्नुपर्ने सामानहरु पुर्याउन निकै मुस्किल थियो,‘अब बाँकी काम सम्पन्न हुन्छ’ उनले भने। दुर्गम र कोरोना महामारीका कारण भवन बनाउन ढिलाई भएको उनले बताए। 

भवन अलपत्र पारेको भन्ने गुनासो आएकाले निर्माण कम्पनिका प्रतिनिधिलाई पत्र लेखेर चाँडो काम थाल्न निर्देशन दिइएको सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख विदुर खड्काले बताए। भवन अलपत्र पर्दा दुर्गम मल्कबाङका विभिन्न बस्तीबाट आउने सेवाग्राहीलाई उपचारमा समस्याका साथै आवश्यक उपकरणहरु समेत राख्न समस्या भएको बताए।

प्रकाशित: २२ कार्तिक २०७७ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App