२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्ध ‘एउटा प्रभावकारी खोप’को अन्तिम परीक्षण

फाइल तस्बिर

चीनको सेनोभ्याक बायोटेक लिमिटेडले कोरोना खोप मानिसमा अन्तिम चरणको परीक्षण गरिररहेको छ ।  

इन्डोनेसियमा मंगलबार सुरु परीक्षणअन्तर्गत खोप लगाउन १ हजार ६२० बिरामी सहभागी भएका छन् ।  

उक्त खोप चिनियाँ कम्पनी सेनोभ्याक बायोटेक लिमिटेडले इन्डोनेसियाको सरकारी कम्पनी बायो फार्मासँग मिलेर बनाएको हो ।  

यसअघि सोमबार सेनोभ्याकले दिएको जानकारीअनुसार दोस्रो चरणसम्मको मानवीय परीक्षणमा खोप सुरक्षित र बिरामीमा एन्डिबडी बढाउने खालको पाइएको छ । कोरोनाभ्याक नामको यो खोप यो (अन्तिम) चरणको परीक्षणसम्म आइपुगेका खोपमध्ये प्रभावकारी मानिन्छ ।  

कोरोनाभ्याक खोपको अन्तिम चरणका परीक्षण यस अघिदेखि ब्राजिलमा चलिरहेको छ र यस्तो परीक्षण बंगलादेशमा पनि हुने अपेक्षा गरिएको छ । बिबिसीबाट 

प्रकाशित: २७ श्रावण २०७७ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App