१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विरामी लिन आएको हेलिकोप्टरमार्फत ताप्लेजुङ आईपुग्यो थप पीपीई

ताप्लेजुङ- विरामी लिन आएको कैलाश एयरको हेलिकोप्टरमार्फत ताप्लेजुङमा थप ७५ थान व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई)आई पुगेको छ।
 
फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको लुङ्थुङका डने शेर्पालाई लिन आएको कैलाश एयरको हेलिकोप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ७५ थान पीपीई पठाइदिएका छन् । उनले यसअघि पनि ताप्लेजुङका लागि पीपीई र खाद्य सामग्रीसहितका दैनिक उपभोग्य बस्तु पठाएका थिए।

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनका अनुसार गैर अवासीय नेपाली संघ कोरिया शाखाबाट प्राप्त २५ थान चाईनिज र पुतली सहयोग योजनामार्फत प्राप्त ५० थान नेपाली पीपीईका साथमा मास्क तथा पञ्जा ताप्लेजुङ आई पुगेको हो।

‘पीपीईको अभावमा उपचार तथा परीक्षणमा समस्या नहोस् भन्ने मन्त्री ज्युको आशय र पहलकदमी रहेको छ’ प्रमुख जिल्ला अधिकारी तथा कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका सदस्य सचिव डोरेन्द्र निरौलाले भने। अहिले ताप्लेजुङका गाउँ–गाउँमा पुगेर र्‍यापिड डाईग्नोस्किट टेष्ट(आरडीटी) किटमार्फत परीक्षण भई रहेको छ।

मन्त्री भट्टराईको पहल र बिराटनगरका व्यवसायीको समन्वयमा यसअघि प्राप्त भएको खाद्य सामग्री भने यहाँका सबै स्थानीय तहलाई दामासाहीले बिभाजन गरी वितरण गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७७ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App