४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको संक्रमण न्यूनीकरण गर्न फेसबुकमार्फत योग

इटहरी- शरीरमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बलियो भयो भने विभिन्न रोगसँग लड्न सकिन्छ। प्रतिरोधामक क्षमता भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्न सक्ने क्षमता हो। यो क्षमता राम्रो भएकै कारण संक्रमण र रोगबाट बच्न सकिन्छ।

रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी देखिएको छ। अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन। कोरोनाको संक्रमणको जोखिम न्यूनीकरणका लागि रोग प्रतिरोधात्मक क्षमता महत्वपूर्ण छ।

जादु जसरी वा ग्यारेन्टीका साथ प्रतिरोधात्मक क्षमता बढाउँदैन तर स्वस्थ जीवनशैली अवलम्बन गर्दा भने मद्दत पुग्छ। ‘प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थ्य खानपानका साथै स्वास्थ्य जीवनशैली आवश्यक छ,’ जीवन विकास विषेशज्ञ रमेश नेपालले भने, ‘रोग प्रतिरोधात्मक क्षमताको बृद्धि योग, प्राणयम र ध्यानले गर्छ।’ अहिलेको कोरोना भाइसरको संक्रमण न्यूनीकरणका लागि योग, ध्यान र प्राणायम नै उत्तम उपाय भएको उनले बताए।

यसअघि २०७२ सालको महाभूकम्पमा मानसिक रुपमा बिक्षिप्त भएका तथा बिचलित भएकाहरुलाई  योग, प्राणयम र ध्यान गराएर अनुभव बटुलेको नेपालले स्मरण गरे। त्यही भएर जीवन बिज्ञानले अहिले कोरोना भाइसरको संक्रमण रोक्ने सामाजिक सञ्जालको माध्यमबाट योग, प्राणयम र ध्यानका कक्षाहरु सञ्चालन  गरि रहेको छ।

अहिले देश लकडाउनमा छ। जसले गर्दा आम नागरिकले घरबाहिर ननिस्किन लकडाउनको पूर्ण पालना गरेका छन्। यस्तो अवस्थामा जीवन विज्ञान विषेशज्ञ एलपी भानु शर्माले सतबिचार, सत्कर्म, योगाभ्यास, प्राणयम र ध्यान नै उपयुक्त रहेको बताए। ‘समस्यालाई बलवान हुन नदिईकन मानिस आफै बलवान हुनुपर्छ,’ उनले भने। जीवन विकास बिषेशज्ञ रमेश नेपाल र एलपी भानु शर्माले दैनिक सामाजिक सञ्जालल फेसबुक लाईभ गरी मानिसमा महामारीको रुपमा रहेको कोरोनाको कारण आउने बिचलनबाट बच्ने उपायका बारेमा जानकारी गराई रहेका छन्।

देशैभर अहिलेसम्म जीवन विज्ञानका ७५० जना शिक्षक–प्रशिक्षक छन्। जीवन विज्ञान प्रतिष्ठान नेपालका संयोजक होमनाथ आचार्यका अनुसार, योग प्रयोगशाला बन्द हुँदा सामाजिक सञ्जालको प्रयोगमार्फत घरमै बसेर शिक्षक–प्रशिक्षकले योग, प्रणायम र ध्यान गराई रहेका छन्।

जीवन विज्ञान प्रतिष्ठान प्रदेश नं. १ का विभिन्न जिल्लामा पनि शिक्षक तथा प्रशिक्षक सामाजिक सञ्जालमार्फत नियमियत योगका क्रियाकलाप सञ्चालन गरिहेको संयोजक तथा शिक्षक बालिका खड्का भट्टराईले बताइन्। प्रदेश नं. १ मा जीवन विज्ञानका चार शिक्षक र १ सय १८ प्रशिक्षक छन्। प्रदेश नं. १ मा अरु जिल्लाको तुलनामा सुनसरीमा बढी योगका प्रयोगशाला रहेकाले गर्दा यतिबेला पनि सामाजिक सञ्जालमार्फत बढी नै क्रियाकलाप हुने गरेको छ।

सुनसरीमा ३३ प्रयोगशाला बन्द हुँदा २ हजार ५ सय हाराहारीले नियमित योग गर्न पाएका छैनन्। तर, यीमध्ये इन्टरनेटको पहुँच हुनुले सामाजिक सञ्जालमा शिक्षक तथा प्रशिक्षकको प्रत्यक्ष लाईभ हेरेर गर्दै आएकोे जिवन विज्ञान प्रतिष्ठान सुनसरी संयोजक केदारमान कार्कीले बताए। यहाँ २ शिक्षक र ५३ जना प्रशिक्षक छन्। यतिबेला २० जनाले सामाजिक सञ्जालमार्फत योगको क्रियाकलाप सञ्चालन गरि रहेका छन्।

जीवन विज्ञान प्रतिष्ठान प्रदेश नं. १ संयोजक बालिका खड्का भट्टराई धरान, सुनसरी संयोजक केदारमान कार्की र सुशिला मैयाँ कार्की शाहीले इटहरी योगको क्रियाकलाप फेसबुक लाईभमार्फत गरि रहेका छन्। यस्तै, इटहरीबाटै प्रशिक्षक क्षेत्रबहादुर कार्की र सीता कार्की, तारा गिरी, सन्देश थापा, मञ्जु बस्नेत, अनिता बराल, उषा बराल, विनिता बन्जरा, सबिता कोइराला, बिश्वनाथ भट्टराई, रमा ओझा, बालकुमारी खतिवडा, रमा वराल, टि.पी. बराल, दुर्गा पोखरेल, नरेन्द्र अधिकारी र सबैभन्दा कान्छी प्रशिक्षक ११ वर्षे यासिका अधिकारीलगायतले योग, प्राणयम र ध्यान सामाजिक सञ्जाल फेसबुकबाट लाईभ गरी गर्ने गरेका छन्।

इटहरी नागरिक समाजका अध्यक्ष दिनेश रसाईलीले अहिलेको समयमा योग प्राणयम र ध्यान आवश्यक रहेकोमा आफूले पनि जीवन विज्ञानकै फेसबुक लाईभमार्फत गर्ने गरेको जानकारी दिए। यसले नेपालमा बस्ने मात्र नभै विदेशमा बस्ने नेपालीलाई समेत फाईदा पुगेको छ। अष्ट्रेलियमा रहेका सागर गौतमले भने, ‘कोरोनाको त्रासमा राति निन्द्रा नलागेकोमा योग, ध्यान र प्राणायम गरेपछि भने निद्रा लाग्न थालेको छ।’

प्रकाशित: ३० चैत्र २०७६ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App