२५ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमै ‘ब्रेन हेमरेज’ को शल्यक्रिया सफल

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो पटक ‘ब्रेन हेमरेज’को शल्यक्रिया गरेको छ।  निकै जटिल प्रकारको दिमागको रक्तनलीमा रगत जमेको (ब्रेन हेमरेज) कोे शल्यक्रिया जुम्लामै सफल भएको हो। प्रतिष्ठानका न्यूरो सर्जन तथा सह–प्रध्यापक डा. निलम खड्का नेतृत्वको चिकित्सकीय टोलीले जुम्ला हिमा गाउँपालिका– १ निवासी ६५ बर्षिय धनबहादुर रावतको सफल शल्याक्रिया गरेको गरेका हुन्।

 शल्यक्रियामा संलग्न डा. खड्काले जटिल भनिएको ‘ब्रेन हेमरेज’ को शल्यक्रिया जुम्लामै सम्भव भएकोमा शुशी व्यक्त गरे।  उनल भने ‘बिरामीको खर्च बच्यो, सफल अप्रेशन पनि भयो। यो कर्णालीवासीका लागि निकै सुखद पक्ष हो।’  
प्रतिष्ठानका विशेषज्ञ डा. खड्काको साथमा डा. सूर्यमान लिम्बु, डा. निराजन महासेठ र डा. हरिहर देवकोटाले शल्यक्रियमा  संलग्न थिए। ‘सुरूमा बिरामी आएपछि शल्यक्रिया नगरि उपचार संभव हुनेमा निक्र्यौँल ग¥यौँ। बिरामी बेहोस भएपछि आफन्तको स्वीकृती लिएर  टाउको भित्र जमेको रगतको शल्यक्रिया सफल भयो’, चिकित्सकहरुले भने।  

‘कर्णालीमा ‘ब्रेन हेमरेजको अप्रेशन होला भन्ने नसोचेको धनबहादुरका छोरा भिमबहादुरले भने,‘बुवा वेहोस हुँदा चिन्तामा थियौं तर यो लकडाउनको अवस्थामा जुम्लामा डाक्टरले ज्यान बचाएकोमा निकै खुशी। अहिले बुवा वोलिरहनु भएको छ।’ यसैगरी प्रतिष्ठानमा डा. खड्काको टोली आएपछि एक महिनामा तीन वटा न्यूरोका शल्यक्रिया संभव भएका छन्। 
अत्याधिक बढि रक्तचाप भएर रक्तनली फुटेपछि ब्रेन हेमोरज हुन्छ। धनबहादुरको त्यही समस्यालाई शल्यक्रिया गरेर सफल बनाएकोमा कर्णाली प्रतिष्ठानको टोली अब्बल ठानिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावल बताउँछन्। कर्णाली प्रतिष्ठानमा डा. निलम खड्का सहित अहिले प्रतिष्ठानमा ३२ जना विशेषज्ञ र २६ मेडिकल अधिकृत कार्यरत छन्। 

अहिले प्रतिष्ठानमा आफ्नै सिटिस्क्यान सुचारु भएपछि जटिल प्रकारका शल्याक्रिया गर्न संभव भएको हो। यो शल्यक्रियामा सिटिस्क्यानबाट हेर्दा रगत जमिएको देखिएपछि शल्यक्रिया सम्भव भएको चिकित्सहरु बताउँछन्। यसैगरी प्रतिष्ठानको अहिले आफ्नै अक्सिन प्लान्ट, ब्लड वैंक, आधुनिक प्रयोगशाला, फार्मेसी, आधुनिक लाईब्रेरी सहित तीन सय बेडको अस्पताल पनि रहेको छ। यसैगरी प्रतिष्ठान न्यूरो सहित विभिन्न   विशेषज्ञ सेवा सुरु गरेर सफल हुँदै आएको छ।
पछिल्लो समयमा निकै ठूला शल्यक्रियाहरु कर्णालीमै संभव भएका हुन्।  आगनमै जटिल शल्यक्रिया सफल भएर  बिरामी निको भएर घरफर्केको देख्दा खुशी लागेको स्थानीय बताउँछन्। 
 

प्रकाशित: २८ चैत्र २०७६ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App