११ कार्तिक २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङ र पाँचथरका १३ हजारभन्दा बढीको आँखाको परीक्षण

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले एक आर्थिक बर्षमा ताप्लेजुङ र पाँचथरका १३ हजार बढी नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको छ।

नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आव २०८०/८१ को अवधिमा १३ हजार ७४ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आव २०८०/८१ मा ७ हजार ६ सय ९७ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् ।  नेपाल नेत्रज्योति संघ ताप्लेजुङको सेवाक्षेत्र रहेका ताप्लेजुङ र पाँचथरका ५ वटा स्थानीय तहमा सञ्चालन भएका आँखा परीक्षण तथा उपचार शिविरमार्फत ९ सय ८५ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ ।

उक्त अवधिमा पाँचथर र ताप्लेजुङका २३ वटा बिद्यालयका १ हजार ९ सय २४ जना बिद्यालयमा अध्ययनरत बिद्यार्थीको आँखाको परीक्षण गरिएकोमा १ सय ४६ जनामा बिभिन्न किसिमका आँखाका समस्या फेला परेको समेत गुरुङले जानकारी दिए। नेपाल नेत्रज्योति संघले २०५५ सालबाट ताप्लेजुङमा र तीनबर्ष अघिबाट पाँचथरका सेवाग्राहीलाई समेत लक्षित गरी आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।  

प्रकाशित: ४ कार्तिक २०८१ १६:४८ आइतबार

#Nepal Netrajyoti Association