४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

के हो ‘साइलेन्ट हर्ट अट्याक’? जसको कुनै विशेष लक्षण हुँदैन

पछिल्लो समय हृदयघातका कारण मानिसहरूको मृत्यु हुने सङ्ख्या बढ्न थालेको छ। नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा बर्सेनि ३० हजार व्यक्तिको मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ। जसमा २२ देखि २५ प्रतिशतको कारण हृदयघात देखिएको छ।

स्वस्थ जीवनशैलीको अभाव, मुटु सम्बन्धी समस्यामा वेवास्ता जस्ता कारणले पनि हृदयघातको जोखिम बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

हर्ट अट्याकको सङ्केत दिने लक्षणहरू फरक प्रकृतिका हुन्छन्। छाती दुख्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरुले हृदयाघातको सङ्केत गर्छ। तर, कहिलेकाँही लक्षण नदेखिए पनि हृदयाघात हुनसक्छ।

कहिलेकाँही मुटुमा समस्या भएको हुने तर थाहा नहुने पनि हुनसक्छ। यस्तो हुनुलाई ‘साइलेन्ट हर्ट अट्याक’ भनिन्छ। साइलेन्ट हर्ट अट्याकमा निकै असामान्य तर कुनै पनि लक्षण महसुस हुँदैन। यस्तो हर्ट अट्याक निकै खतरनाक हुन्छ।

साइलेन्ट हर्ट अट्याक के हो ?

अमेरिकाको क्लिभल्याण्ड क्लिनिकका कार्डियोजोजिष्ट कर्टिस रिम्मरम्यानका अनुसार साइलेन्ट हर्ट अट्याकको सबैभन्दा खतरनाक कुरा भनेको यसको उपचार गर्न सम्भव हुँदैन। यो अवस्थामा लक्षण देखा नपरेपनि मुटुलाई भने नोक्सान पुर्याउँछ।

कसरी पत्ता लगाउने ?

हृदयाघातको बारेमा जानकारी नहुनलेलाई यो रोगको बारेमा थाहा पाउन मुश्किल पर्छ। मुटुको मांसपेशीमा भएको नोक्सानलाई हेरेर डाक्टरले कस्तो प्रकारको हृदयाघात भएको पत्ता लगाउन सक्छन्। यसका लागि डाक्टरहरूले इलेक्ट्रोकार्डियोग्राम वा कार्डियक अल्ट्रासाउन्डमार्फत पत्ता लगाउन सक्छ। केही व्यक्तिहरू साइलेन्ट हर्ट अट्याकको तुरुन्तै अस्पताल जान्छन्। अत्यधिक थकान र सास फेर्न मुश्किल हुनु यसको लक्षण हुन सक्छ। साइलेन्ट हर्ट अट्याक महिला वा मधुमेहका रोगीलाई धेरै हुने गर्छ।

लक्षण

यसको कुनै पनि विशेष लक्षण हुँदैन। यसको लक्षण पत्ता लगाउन सकिँदैन। छातीमा केही अड्किएजस्तो महसुस हुने, धेरै थकान महसुस हुने, कुनै पनि क्रियाकलाप गर्दा सास फेर्न गाह्रो हुने, छातीमा जलन महसुस हुने र लगातार बैचैनी महसुस हुने यसका लक्षणहरू हुन्। कहिलेकाँही मानिसहरू आफूलाई केही भइरहेको छ तर केही होइन भन्ने गर्छन् यो पनि हर्ट अट्याक हुन सक्छ। त्यसैले कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिन आवश्यक छ।

प्रकाशित: ४ आश्विन २०८१ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App