२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा फैलियाे झाडापाखाला, २९ जना बिरामी

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ। एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन्।

बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए।

कुसुम स्वास्थ्य चौकी इञ्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ। बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उनले बताए।

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको बताइएको छ।

झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले जानकारी दिए। -रासस

प्रकाशित: २९ वैशाख २०८१ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App