२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना,५०वर्षमा ३२ प्रतिशत मात्र पुड्कोपना कम

सरकारले लामो समयदेखि बालबालिकामा हुने ख्याउटे तथा पुड्कोपना हटाउने अभियान थालेको छ। तर, नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले हिमाली क्षेत्रका पाँच वर्ष मुनिका कुल बालबालिका मध्येमा २५ प्रतिशतमा पुड्कोपना रहेको औँल्याएको छ।

सहरी क्षेत्रमा २२ प्रतिशत, ग्रामीण क्षेत्रमा ३१ प्रतिशत, पहाडी भेगमा २२ प्रतिशत र हिमाली भेगमा ४२ प्रतिशत बालबालिकामा पुड्कोपना रहेको देखाएको हो।

तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका ८ प्रतिशत बालबालिकामा ख्याउटेपन पाइएको छ।  यो उमेर समूहका १९ प्रतिशत बालबालिकामा कम तौल हुने समस्या छ। पछिल्लो तथ्याङ्कले बालबालिकामा हुने पुड्कोपना घट्दै गएको देखिएको छ।सन् १९९६ मा नेपालमा बालबालिकामा हुने पुड्कोपना ५७ प्रतिशत थियो भने यो संख्या ५० वर्षको अवधिमा ३२ प्रतिशत घटेको हो। यो अवधिमा पुड्कोपनाको समस्या न्यूनीकरणमा हुनु पर्थ्यो।

सन् २०१६ मा नेपालमा पुड्कोपना ११ प्रतिशत घटेको हो। नेपालले सन् २०३० को दिगो विकास लक्ष्यको भित्र पुड्कोपनाको सूचकाङ्क न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २७ पुस २०८० १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App