२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

टिचिङ अस्पतालमा बिष सूचना केन्द्र स्थापना

बिष सेवन गरेकोको उपचारमा २४ सै घण्टा जानकारी दिने

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिष सूचना केन्द्र ‘पोइजन इन्फरमेसन सेन्टर’ स्थापना भएको छ। अस्पतालको क्लिनिकल फर्माक्लोजी विभागले स्थापना गरेको सो केन्द्रको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन्।

एक पटक बिष सेवन गरेकाहरूलाई पुन जोखिमबाट बचाउन, मृत्युदर कम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको अस्पतालले जनाएको छ। सेन्टरले बिष सेवन गरेका या जोखिमबाट बचेकाहरूलाई  विज्ञहरूबाट उचित परामर्श दिने छ। नेपालमा आत्महत्याको दर बढ्दो रहेको अवस्थामा विष सूचना केन्द्रको भूमिका प्रभावकारी रहने मन्त्री बस्नेतले बताए। बस्नेतले भने,‘बिष सूचना केन्द्र आफैमा प्रशंसनीय काम हो।’  सोही क्रममा बस्नेतले अस्पतालले विपन्न बिरामीको उपचारमा जोड दिन अनुरोध गरे।

क्लिनिकल फर्मोक्लोजाी विभागका डा. राकेश घिमिरेले बिष सेवनपछिको उपचारमा आवश्यक परामर्श २४ सै घण्टा उपलब्ध हुने गरी केन्द्रको व्यवस्थापन गरिएको जानकार दिए। जानकारी लिनको लागि केन्द्रको ०१ ४५०२०११ फोन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

डा.घिमिरेले दिएको प्रस्तुति अनुसार नेपालमा बर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्नेको संख्या मध्येमा २० प्रतिशत विष सेवनको कारणले हुने गरेको छ। विभागकै चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताए। उनले बिष  सेवन पछिको उपचारका बिषयमा जानकारी दिने भएकोले धेरैको जीवन बचाउन सकिने बताए।

प्रकाशित: २१ मंसिर २०८० ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App