११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा आँखा परीक्षण गरिएकामध्ये ४ प्रतिशतमा मोतियाबिन्दु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा आँखा जाँच गर्न आएका बिरामीहरु। तस्बिर : नागरिक

ताप्लेजुङको दुर्गम हिमाली बस्तीहरुमा परीक्षण गरिएका मध्येमा ४ प्रतिशत भन्दा बढी मोतिया बिन्दुका रोगी फेला परेका छन्।

फक्ताङलुङ गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको आँखाजाँच तथा प्रारम्भिक उपचार कार्यक्रम अन्र्तगत मोतियाबिन्दुका बिरामी खोजी गर्ने क्रममा मोतियाबिन्दुको शल्यकृया गर्नुपर्ने बिरामी भेटिएका हुन्।

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङका अनुसार फक्तालुङ गाउँपालिका ९ बस्तीहरुमा गरिएको आँखाजाँच तथा प्रारम्भिक उपचारका क्रममा बिहीबार सम्म १ हजार ६ सय ५२ जना आँखाका रोगीको परीक्षण गरिएको छ। परीक्षण गरिएकाध्ये ६७ जना मोतियाबन्दु भएका बिरामी भेटिएका छन्। मोतियाबिन्दु भएका बिरामीको नेपालका बरिष्ठ बरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर सन्दुक रुईतको नेतृत्वमा रहेको टोलीले फागुन २० र २१ गते गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यकृया तथा उपचार गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष लावुङका अनुसार पालिकाको दुर्गम गाउँ घुन्सामा ३४ जनाको आँखा परीक्षण गर्दा १ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन्। यस्तै ग्याब्लामा २७ जनाको परीक्षण गर्दा १ जना,ओलाङ्चुङगोलामामा ७२ जनाको परीक्षण गर्दा ४ जना,इलाडाँडामा १६ जनाको परीक्षण गर्दा २ जना,हान्द्रुङमा १ सय ९४ जनाको परीक्षण गर्दा ८ जना,छिरुवामा ४ सय ८० जनाको परीक्षण गर्दा १५ जना र सिँवामा ८ सय २ जनाको परीक्षण गर्दा ३६ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन्।

मानिसको जन्मसँगै प्राकृतिक रूपमा आँखाको भित्री भागमा हुने पारदर्शी लेन्सले उमेर बढ्दै जाँदा विस्तारै काम गर्न छोड्छ। यसरी आँखाको भित्री भागमा हुने पारदर्शीता लेन्स अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो भएमा मोतियाबिन्दुको समस्या हुन्छ। उदाहरणका लागि क्यामराको लेन्स भनेजस्तै हाम्रो आँखामा पनि प्रकृतिक एउटा  लेन्स हुन्छ। त्यो लेन्स  पारदर्शी हुन्छ। पारदर्शी भन्नाले कुनै दाग नभएको बेरङ्ग हुन्छ। त्यसको काम बहिरबाट आएको प्रकाश छिर्न दिनु हो।

लेन्समा यदि दाग भयो, कलर हुँदै आयो अथवा बाक्लो हुँदै आयो भने त्यसलाई नै  मोतिबिन्दु भनिन्छ। नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रकमा बरिष्ठ नेत्र सहायक काजीमान गुरुङका अनुसार मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्ने भएपनि पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नुपर्ने उनले बताए।  

प्रकाशित: १८ फाल्गुन २०७९ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App