२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कैलाशका जनताको गाउँमै आँखा उपचार हुने

सम्झौता पत्रमा हस्ताक्षर एवम् साटासाट गर्दै पालिका अध्यक्ष र आँखा अस्पतालका व्यवस्थापक।

मकवानपुरको विकट तथा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको कैलाश गाउँपालिकाका जनताको अब गाउँमै आँखाको उपचार हुने भएको छ। कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालनमा हुने भएपछि स्थानीयबासीले आफ्नै पालिकामा आँखाको उपचार गराउन पाउने भएका हुन्।

कैलाशको कालिकाटारमा आँखा केन्द्र सञ्चालन गर्ने गरी तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता भएको छ। आगामी चैत अन्तिम सातादेखि कैलाशमा सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। ‘विकट पालिकाको रुपमा रहेको यस कैलाशमा स्वास्थ्य सम्बन्धी सामान्य जानकारी नभएका व्यक्तिहरु समेत छन्।

वहाँहरुको सहजताको लागि हामीले सामुदायिक आँखा केन्द्रको स्थापना गर्न लागेका हौँ’, पालिका अध्यक्ष मुक्तानले भने, ‘सामुदायिक आँखा केन्द्र स्थापनापछि कैलाशसँगै राक्सिराङ गाउँपालिकाका नागरिकले समेत सेवा प्राप्त गर्नेछन्। अहिले पालिका भवनसँगै निर्माण भइरहेको अस्पतालको निर्माण कार्य सकिएपछि आँखा केन्द्रलाई सोही अस्पतालबाट सञ्चालनमा ल्याइने छ। तिलगंगा आँखा प्रतिष्ठान हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार केन्द्रलाई आवश्यक पर्ने मेडिकल उपकरण प्रतिष्ठानले उपलब्ध गराउने हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले बताए। केन्द्रबाट आँखा जाँच र चस्मा जाँच हुनेछ। कैलाश–३ कालिकाटारमा रहने केन्द्रमा १ जना नेत्र सहायकसहित ३ जना कर्मचारी रहनेछन्। 

प्रकाशित: १२ फाल्गुन २०७९ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App