५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आँखा उपचार केन्द्रलाई १० बेडको आँखा अस्पताल स्थापना गर्न पहल गरिँदै

नेत्र ज्योति संघ जुम्लाले आँखा अस्पताल निर्माण गर्न पहल गरेको छ। आँखा उपचार केन्द्रलाई स्तर उन्नति गरी चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल बनाउन पहल थालिएको हो।  

नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतले हरेक बर्षको २र३ पटक आँखाको शल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको बताए। सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नु परेको बस्नेतले सुनाए। दैनिक शल्यक्रिया हुने गरी १० बेडको आँखा अस्पताल स्थापना गर्न थालिएको उनले बताए।

बर्षमा एकपटक मात्रै शिविर सञ्चालन गर्दा ३ सय जना भन्दा बढीको आँखा शल्यक्रिया र ३ हजार ५ सय भन्दा बढीको आँखा परीक्षण हुने गरेको थियो। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एक जना चिकित्सक पठाएको छ। ‘चिकित्सकलाई सहयोग गर्ने दुई जना कर्मचारी भर्ना गर्नका लागि स्थानीय सरकार नगर तथा गाउँपालिकासँग सहयोग मागेका छौँ’, उनले भने, ‘अहिले हामी यहाँका स्थानीय तह चन्दननाथ नगरपालिका, हिमा, सिजा, कनकासुन्दरी, तिला, तातोपानी, पातारासी र गुठीचौर गाउँपालिका जुम्लासँग सहयोगका लागि भेटघाट कार्यक्रम थालिएको छ।’ स्वर्गीय हरिचन्द्र महतले ०४८ सालमा नेपाल नेत्र ज्योति संघ जुम्ला स्थापना गरेका हुन्। अहिले यसमा २ सय ५० जना आजीवन सदस्य रहेका छन्। प्रत्येक आजीवन सदस्यबाट २ हजार ७ सय रुपैयाँ शुल्क लिने गरिएको नेत्र ज्योति संघ जुम्लाले जनाएको छ।

प्रकाशित: २९ माघ २०७९ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App