४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा  स्थगित गरेको छ। आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ। 

'सर्वोच्च अदालतबाट विज्ञापन नं। ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ', सूचनामा भनिएको छ।  

यहि चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो। त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ।  रासस

प्रकाशित: ५ चैत्र २०७८ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App