२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षकको जिल्लान्तर सरुवामा रोक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर सरुवामा रोक लगाएको छ। केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि भन्दै शिक्षकको जिल्लान्तर सरुवामा रोक लगाएको हो। केन्द्रले सूचना प्रकाशन गर्दै सोको जानकारी दिएको हो। केन्द्रले आफू मातहतको शिक्षा विकास तथा समन्वय इकाइमा पत्र समेत पठाएको छ।

पत्रमा शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि मिति २०७८ साल चैत मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षहरुको दरबन्दीको विवरण प्राप्त भई शिक्षक सेवा आयोगमा पठाइसकेको जनाएको छ।

केन्द्रका बसन्तप्रसाद कोइरालाले शिक्षक आयोगबाट छनोट भइ सिफारिश भएका शिक्षकहरुलाई जिल्लाबाट मागअनुसार नै नियुक्ति व्यवस्थापन गर्नुपर्ने हाललाई कुनै प्रकारको जिल्लान्तर सरुवा नगर्न निर्देशन दिइएको बताए।

‘आयोगबाट शिक्षक छनोट भइ सिफारिश भएका शिक्षकहरुलाई जिल्लाबाट मागअनुसार नै नियुक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि कुनै प्रकारको जिल्लान्तर सरुवा नगर्नु, नगराउनु हुन निर्देशानुसार अनुरोध छ।’ पत्रमा भनिएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App