२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षकलाई तत्काल विद्यालयमा फिर्ता पठाउन विद्यार्थी संगठनको माग

छ विद्यार्थी संगठनको बैठकले सरकारले आन्दोलनरत शिक्षकहरूको सम्बोधन गर्न सकिने माग सम्बोधन गरी शिक्षकहरूलाई तत्काल विद्यालयमा फिर्ता पठाउन सरकारसँग माग गरेका छन्। 

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पंच सिंह, अनेरास्ववीयुकी अध्यक्ष आरती लामा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादब र अखिल छैटौँका अध्यक्ष देवेन्द्र कुँवरको संयुक्त बैठकले यस्तो अपिल गरेको हो।

बैठकले शिक्षक आन्दोलनले देशभरका २७ हजार बढी विद्यालयका ७० लाख विद्यार्थीको भविष्य चौपट पारेको निष्कर्ष निकालेको छ । 

यसैगरी सरकारले शिक्षकको सम्बोधन गर्न सक्ने माग तत्काल सम्बोधन गर्नु पर्ने र संविधानसँग बाझिएका मागहरूलाई हल गर्दै जानु पर्ने माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

‘कतिपय विषय सरकारको सानो तृटिका कारण अप्ठ्यारोमा परेको छ,’ अध्यक्ष शेर्पाले भन,  ‘कतिपय माग संविधानसँग बाझिएको छ। शिक्षकहरू स्थानीय पालिकाभित्र नबस्ने विषय अप्ठ्यारो छ।’ 

प्रकाशित: ५ आश्विन २०८० ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App