२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिवि केन्द्रिय प्रशासनकै कर्मचारी भन्छन्: परीक्षा नियन्त्रण कार्यालयको फोन उठेन भनेर विद्यार्थीले आन्दोलन किन गर्दैनन्?

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले समयमै विद्यार्थीको परीक्षा नलिने र परीक्षाफल प्रकाशित नगर्ने मात्र नभई अनेकौं लापरवाही गर्दै आएको छ। यस्ता लापरबाहीबाट विद्यार्थीमात्र हैन्न त्रिवि केन्द्रिय प्रशासन स्वयं हैरान भएका छन्। 

नागरिक न्युजले परीक्षा र परीक्षाफल प्रकाशनमा भइरहेको चरम लापरबाहीका बिषयमा समाचार बनाउन त्यहाँका पदाधिकारीलाई बुधवारदेखि नै दर्जनौँ पटक ल्याण्ड लाइन र मोबाइलमा सम्पर्क गर्‍यो। परीक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीसँग सम्पर्क गर्न कार्यालयको ल्याण्डलाइन र उनको मोबाइलमा पनि बुधबारदेखिनै पटक पटक फोन गरेको थियो। 

तर त्यहाँको ल्याण्ड लाइन पनि उठेन। र, सरोकारवाला पदाधिकारीहरूको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा पनि उठेन। 

फोन नउठेपछि नागरिक न्युजले त्रिवि प्रशासनमा फोन गर्‍यो। त्रिवि प्रशासनका एक महिला कर्मचारीले फोनमा भनिन, ‘त्यहाँ (परीक्षा नियन्त्रण कार्यालय) को फोन त्यस्तै हो। कहिल्यै उठ्दैन। हामीले अत्यावश्यक परेर पटक पटक फोन गर्नुपर्ने हुन्छ। कहिल्यै उठ्दैन।'

'फोनै नउठेपछि हामीले त्यही जानकारी लिन यहाँबाट अरु कर्मचारीलाई पठाउनुपर्ने हुन्छ।’ त्रिवि प्रशासनका ती कर्मचारीले भनिन, ‘अरु सबै कुरामा विद्यार्थीले आन्दोलन गर्छन्। फोन उठेन भनेर किन आन्दोलन गर्दैनन्’ त्यसो त उनले दिएको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको फोन पनि उठेन सकेन।

प्रकाशित: २६ माघ २०७९ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App