२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

मध्य रौतहट बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास

रौतहटको गरुडास्थित मध्य रौतहट बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा क्याम्पसको प्राविधिक सहयोगमा करिब एक करोड लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो।

मध्य रौतहट बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष लक्षुमण साह तेलीले गरुडा ४ स्थित क्याम्पसको जमिनमा भवनको शिलान्यास गरेका हुन्। क्याम्पस निर्माणको लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी निर्माण व्यवसायीमार्फत निर्माण कार्य सुरु गराइएको र र समयमा नै भवन निर्माण सम्पन्न हुने क्याम्पस प्रमुख प्रेमलाल साहले जानकारी गराएका छन्।

प्रकाशित: २० मंसिर २०७९ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App