५ मंसिर २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

संगमलाई सलाम !

भारतको भोपालमा इन्जिनियरिङ पढिरहेका धनुषा, मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)बिदामा घर फर्किएको नौं दिनमात्र भएको थियो। सदाझैं त्यस दिन (२०७६ पुस २५ गते) पनि उनी सबेरै घर नजिकको आरैही खोलामा भइरहेको अवैध ढुंगा गिट्टी उत्खनन रोक्न भनेरै गएका थिए। दोहनकारीले सुरुमा आफूहरूलाई अवरोध नगर्न धम्की दिएका थिए, त्यसपछि पल्सर बाइक किनिदिने लालच। तर, खोलाको अनियन्त्रित दोहन नरोकिए आफ्नो बस्ती र सिंगो देशकै पर्यावरण संकटमा पर्ने बुझेका उनले कसैगरे पनि माफियाका कुरा सुनेनन्।  

त्यही दिन क्रसर माफियाहरूले फलामको डन्डीले हानेर घाइते बनाएर सडक दुर्घटना देखाउन टिपरले कुल्चेर दिलीपको हत्या गरे। त्यसपछि मुचुल्का पनि नउठाई पोस्टमार्टम गर्न लगे। दाइको हत्याको खबरले स्तब्ध बहिनीहरू संगम र लक्ष्मीले त्यसविरुद्ध लगत्तै पूर्व–पश्चिम राजमार्गमा पाँच घण्टासम्म प्रदर्शन गरे। बिस्ताररै स्थानीयको भिड जुट्यो। त्यस दिन पोस्टमार्टम रोकियो। संगमले नै बुबा रामजीवनलाई घटनामा संलग्न भएको आरोपमा सात जनाविरुद्ध जाहेरी दिन लगाइन्। 

जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिपर चालक मुनिन्द्र महतो, सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगरै गएका दिलीपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन करैद सजायको माग गरिएको थियो। २०८० माघ २४ गते अदालतले क्रसर माफिया विपिन र विनोदलाई जन्मकैद र अन्यलाई पनि दोषी करार गर्दै फसैला सुनायो।  

गरिब महतो परिवारका लागि यी चार वर्ष कम सकसपूर्ण थिएनन्। न समाजकै पूरा साथ थियो। दाइका हत्याराविरुद्धको मुद्दा फिर्ता लिए पुग्दो पैसा दिने नत्र पूरै परिवारलाई दिलीपकै हालतमा पु¥याइदिने जस्ता धम्की त कति आए कति। तर, पनि दिलीपका दुई बहिनी संगम र लक्ष्मीले हिम्मत हारेनन्। दिदीबहिनीको साहस देखेर गाउँले भन्थे–दोहनकारीले एक दिलीप मारे, तर यहाँ त दुई दिलीप जन्मिएँ। 

संगम र लक्ष्मीले न्यायको लडाईं मात्र लडेनन्, सँगै दाइको अभियानलाई समेत अघि बढाए। उनै संगमको दोस्रो सन्तानलाई जन्म दिने क्रममा गत मंसिर १ गते मृत्यु भएको छ। फेरि एकपटक महतो परिवारको आडभरोसा ढलेको छ। दिलीपको हत्यापछि पढाइमा लागेको ऋण, मुद्दा र घरव्यवहारको दायित्व संगमकरै काँधमा थियो। करिब ३५ लाख ऋण दुई बहिनी र एक भाइको भविष्य, रोगी हजुरबुबा–हजुरआमा तथा बुबा–आमाको हेरचाहलगायत चुनौतीका चाङ छिचोल्दै उनी पर्यावरण संरक्षणमा डटिरहिन्।  

बिबिएस सकेकी संगम र बिएड सकेकी लक्ष्मी दाइ दिलीपकै पदचिह्न पछ्याउँदै ‘ओमप्रकाश महतो (दिलीप)पर्यावरण संरक्षण प्रतिष्ठान’ अध्यक्ष भएर पर्यावरण संरक्षणमा केन्द्रित थिइन्। दिलीपको नाममा २०७७ भदारै ३१ मा दर्ता भएर काम गरिरहेको प्रतिष्ठानले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति र प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयबाट आर्थिक सहयोगमा संरक्षणको काम गथ्र्यो। मधेस प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोगमा दिलीप मारिएको आरैही खोलामा ‘दिलीप चुरे बाटिका’ बनाइएको छ। यो बाटिका ६ कठ्ठा जग्गामा फैलिएको छ।  

संगम प्रकृति तथा वातावरण संरक्षणकै क्षेत्रमा समर्पित भएर काम गर्न चाहन्थिन्। दाइ (दिलीप)लाई पर्यावरण सहिद घोषणा गराउने उनको सपना थियो। प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले मानिसलाई नै क्षति गर्छ भन्ने उनले राम्ररी बुझेकी थिइन्। यसैसम्बन्धी विषय पढेर दाइको अभियानलाई अघि बढाउन चाहन्थिन्।  

दिलीपको हत्या भएको डेढ महिनापछि २०७६ फागुन १० मा श्रीपुरका बासिन्दाले आरैही खोलामा अवैध उत्खनन गर्न नदिने निर्णय गरे। तर, प्रहरीले यो काम हाम्रो होइन भनिदिएपछि निर्णय कागजमै सीमित हुन पुग्यो। अवैध दोहन रोक्दा संगमले धम्कीका अनगिन्ती घटना भोगिन्। तर पनि उनले अभियान रोकिनन्। खोलामा अवैध उत्खनन भएको देखेर प्रहरी, नगरपालिकालगायतलाई दबाब दिइरहिन्। दबाब बढ्दै गएपछि लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले २०७६ पुस २८ मा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गराउने घोषणा ग¥यो। तर, प्रदेश सरकारको घोषणा पनि क्रसर डनतन्त्रसामु लाचार बन्यो। दोहन अझ व्यापक बन्यो।

अनियन्त्रित दोहन र कानुनविपरीत सञ्चालित क्रसर उद्योगको मनोमानी रोकेर गाउँलाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउन दाजु दिलीप सक्रिय थिए। त्यसैले उनको हत्या गरियो। दाइको हत्याको बदला पर्यावरण संरक्षणबाटै लिने उद्देश्यका साथ संगम समर्पित थिइन्। तर, उनको पनि कलिलो उमेरमै मृत्यु हुनपुग्यो।  

लाग्छ, दिलीपको बाटो पछ्याउने संगमको आवाज दबाउँदै अवरैध धन्दा चलाउँदै आएका माफियाका लागि अब बाटो सहज भएको छ। न अब दिलीप छन्, न संगम। नियामक निकाय र प्रशासन त सधैं नै दोहनकारीकै संरक्षण बनिरहेको स्थानीयको आरोप छ।  

हामीले बुझ्नुपर्छ–अब पनि मधेश प्रदेशमा जारी अवैध दोहन नरोकिने हो भने त्यो हाम्रा लागि ठुलो अभिशाप हुनेछ। किनकि पर्यावरण संरक्षण दिलीप र संगमको मात्र लडाईं होइन, यो त भावी पुस्ताका लागि हामीले गर्नुपर्ने आधारभूत कर्तव्य हो। हाम्रा सन्ततिका लागि हामी कस्तो धर्ती छाडेर जाँदैछौं भन्ने चिन्तन र चिन्ता हो। त्यसले दिलीप र संगमको स्मृतिमै सही अब कम्तीमा मधेस प्रदेशमा दोहनतन्त्रविरुद्धको अभियान सबरैको साझा मुद्दा बन्नुपर्छ। राज्यको प्राथमिक दायित्व बन्नुपर्छ।  

संगम भन्ने गर्थिन्–आधा बाटो दाइ हिँड्नुभयो, अब आधा हामी हिँडेर गन्तव्यमा पुग्नेछौं। संगमको यो सपना पूरा गर्ने अभिभारा अब उनको परिवारमा मात्र होइन, हाम्रो काँधमा आएको छ। यही नै उनका लागि साँचो श्रद्धाञ्जली हुनेछ।  

प्रकाशित: ५ मंसिर २०८१ ०६:२४ बुधबार

Download Nagarik App
Download Nagarik App