४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालयन क्यापिटल र नेपाल वेयर हाउजिङबीच सम्झौता

 नेपाल वेयर हाउजिङले हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन (सेयर) का निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको छ।  

हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणहरूका लागि सार्वजनिक निष्काशन र बिक्री प्रबन्धक सेवाका लागि सम्झौता भएको हो।  

प्रकाशित: २० भाद्र २०७९ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App